
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको थियो । सो समूहले हुलहुज्जत गरी हतियार खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको हो ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जीसीका अनुसार भारतीय तस्कहरुले नेपालतर्फ सामान लिएर आउन लागेका थिए । उनीहरुलाई सीमामा खटिएको सशस्त्रको टोलीले रोक्यो । त्यसपछि उनीहरु फर्किए र ठूलो समूहमा भारतीय नागरिकहरुलाई ल्याएर आए । ‘आज विहान करिब ६ बजेतिर त्यो समूहले हाम्रा सुरक्षाकर्मीहरुलाई घेरा हाल्न खोजेपछि हवाई फायर गरेर भगाइयो,’ प्रमुख जिल्ला अधिकारी जीसीले भने ।
हवाई फायर गरेपछि भारतीय समूह तितरवितर भएको र अहिले स्थिति सामान्य बनेको उनले जानकारी दिए ।सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रमा बीओपी सिमराको टोली खटाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्