×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल-भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा !

PRIME CA

नेपाल-भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा !

१८ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
सर्लाही । नेपाल–भारतबीचको सीमा छुट्याउने सर्लाहीको दशगजा क्षेत्र दिनदिनै अतिक्रमणको चपेटामा परेको छ । दुवै देशका नागरिकले दशगजा अतिक्रमण गरी घरगोठ बनाउने, पराल थुपार्ने, गुइँठा बनाउने, पशु चौपाया बाँध्ने र बाटो बनाउनेजस्ता कार्य गरेका कारण दुई देशलाई छुट्याउने दशगजाको भूमि अतिक्रमणको चपेटामा परेको हो ।
साविकको सङ्ग्रामपुर, त्रिभुवन नगर, मधुवनीगोठ मलङ्गवा, हरिपूर्वा, भाँडसर, बलरालगायत ५१ किलोमिटर क्षेत्रमा गाडिएको जङ्गेपिलर, सहायक पिलर र केही साना पिलरलाई नेपाल–भारत दुवै देशका नागरिकले अतिक्रमण गर्दा अहिले पिलर ढल्ने अवस्थामा पुगेको केही स्थानीयवासीले गुनासो गरेका छन् । यसरी दुई देशबीचको सीमा छुट्याउन गाडिएका ३१५ पिलरमध्ये आठ जङ्गेपिलर, २० सहायक पिलर र १४० साना पिलर अत्यन्तै जीर्ण अवस्थामा पुगेको र दुई साना पिलर हराएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 
पूर्वमा सङ्ग्रामपुरबाट पश्चिममा बलरा नगरपालिकासम्मको ५१ किलोमिटर दशगजाको ११ स्थान दशगजा अतिक्रमणको चपेटामा परेको छ । बलरा नगरपालिका–४ मा दुवैतर्फबाट दशजगा अतिक्रमण गरी घर बनाउँदा सानो पिलर घरभित्र परेको छ । दशगजा क्षेत्रमा दुवै देशले ३०/३० फिट दायाँबायाँ कुनै पनि कार्य गर्न वा घर टहरा बनाई अतिक्रम गर्न निषेधित गरिएको छ । सीमास्तम्भलाई सुरक्षित बनाउन दुवै देशको बराबर दायित्व भए पनि चासो नदेखाएका कारण अधिकांश स्तम्भ जीर्ण अवस्थामा पुगेका हुन् भने कतिपय भत्काइएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: