
- अर्थ सरोकार सम्बाददाता
जनकपुरधाम । शुक्रबार बिहान सर्लाहीमा मात्र १५ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १५ जनामा कोरोना संक्रमण पुष्टी गरेको हो ।
संक्रमित सबै भारतबाट लुकेर आएको पाइएको छ । सीमा क्षेत्रको चोरबाटो प्रयोग गरी गतसाता मात्रै उनीहरु सर्लाही छिरेको पाइएको हो । सर्लाहीको गोडैता नगरपालिकामा एक महिलासहित १४ जना र रामनगर गाउँपालिकाका एकजना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
जिल्ला प्रवेश गरेपछि क्वारेन्टाइनमा राखिएका उनीहरुको बुधबार स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको थियो । संक्रमित सबैलाई प्रादेशिक अस्पताल जनकपुरधामको आइसोलेसनमा लग्ने प्रमुख जिल्ला अधिकारी जिसीले जानकारी दिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्