
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । साउदीमा रहेका नेपालीलाई कुनै स्वास्थ्य समस्या भए सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ ।
रूघाखोकी, ज्वरो तथा श्वासप्रश्वास सम्बन्धी उपचार गर्न साउदी सरकारले व्यवस्था गरेका निकायसँग धेरै नेपालीले सम्पर्क गर्न नसकेको भन्दै दूतावासले त्यस्ता समस्या भए सम्पर्क गर्न आग्रह गरेको हो । रूघाखोकी, ज्वरो तथा श्वासप्रश्वासको समस्या भएमा आफ्नो कम्पनीको व्यवस्थापकलाई अनुरोध गरी स्वास्थ्य जाँच गराउन र त्यहाँबाट समस्या समाधान नभएमा दूतावास र संघसंस्थामा सम्पर्क गर्न दूतावासको अनुरोध छ ।
खाद्यान्नको अभाव भएका नेपालीहरुले नेपाली दूतावास वा आफ्नो सम्पर्कमा रहेका संघसंस्थामा सम्पर्क गर्न दूतावासको आग्रह छ । यस्तै कोरोना संक्रमणका कारण विभिन्न समस्यमा परेका नेपालीहरुको विवरण संकलन गर्न दूतावासले जारी गरेको अनलाइन फारम भर्न नजानेको गुनासो बढेको भन्दै आफ्नो सम्पर्कमा रहेका नेपालीहरूलाई यो फारम भरेर सहयोग गरिदिन संघसंस्था तथा समाजसेवीसँग दूतावासले आग्रह गरेको छ ।
फारमका लागि https://forms.gle/QnLh2qifkHNXRh5w6 मा थिचेर मागेको विवरण भर्न सकिन्छ । यो फारम नेपाली दूतावासको वेभसाइट https://sa.nepalembassy.gov.np मा गई Registration Form लेखिएकोमा थिचेर पनि भर्न सकिन्छ । यस अघि टेलिफोन, ह्वाट्सएप तथा दूतावासका अनुसार इमेलबाट आफ्नो विवरण टिपाएकाहरुले यो फारम भर्नु पर्दैन ।यस्तै मे २३ देखि २७ सम्मका लागि साउदी सरकारले जारी गरेको कर्फ्यु आदेशको अनिवार्य पालना गर्न पनि दूतावासको अनुरोध छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्