- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – साउदी अरबको प्रमुख व्यापारिक केन्द्र जेद्दा आसपासको क्षेत्रमा ३४ नेपाली कामदार कोरोना भाइरसबाट संक्रमित भएका छन् ।
जेद्दास्थित नेपाली महावाणिज्य दूतावासको कार्यालयकाअनुसार उनीहरुको इर्फान, जेद्दा नेशनल, किङ फाद, किङ अब्दुल्ला मेडिकल कम्पलेक्स अस्पतालमा उपचार भइरहेको छ । जसमध्ये दुई जना महिला रहेका छन् ।
कार्यवाहक महावाणिज्य दूत रेवती पौडेलले साउदीको स्वास्थ्य मन्त्रालयले कोरोना भाइरस संक्रमित बिरामीको राष्ट्रियता नखुलाए पनि महावाणिज्य दूतावासको सम्पर्कमा ३४ जना नेपाली रहेको पौडेलले बताए ।
बिरामीमध्ये ५० वर्षीय एक कामदारलाई भने विशेष निगरानीका लागि आईसीयुमा राखिएको छ। अन्यलाई अस्पतालको सामान्य कक्षमा उपचार भइरहेको छ। साउदी र गैरसाउदीबीच भेदभाव नगरिएको महावाणिज्य दूतावासले जनाएको छ ।
बिरामी भएर सुरुमा अस्पतालमा भर्ना गर्ने बेला फर्म भर्दा नै राष्ट्रियता पहिचान नगर्ने चलन छ। ३४ मध्ये २ जना निको भइसकेको छ। १८ जना अस्पतालमा छन्। १५ जना पनि निको हुने चरणमा रहेकोले अस्पतालबाट क्वारेन्टाइनमा सारिएको पौडेलले बताए।
संक्रमितमध्ये तीनवटा सप्लाई कम्पनीमा २१ जना, एउटा चक्लेट कम्पनीमा ९ र एउटा सुपरमार्केटमा ४ जना कार्यरत छन्। साउदीमा शनिबार पनि १३ सय ६२ जनालाई पोजिटिभ देखिएको छ।
हालसम्म साउदीमा संक्रमितको संख्या २५ हजार ४ सय ५९ जना पुगेको छ । जसमध्ये ३७ सय ६५ जनालाई निको भएको छ। एक सय ७६ जनाको मृत्यु भएको छ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्