×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

बैंकको लाइनमै ग्राहकको मृत्यु प्रकरण : नेपाल एसबिआइबैंकको लापरवाही कि ग्राहकको उमेर नै बढी ? (भिडियो रिपोर्ट)

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । बृद्धभत्ता लिन बैंक पुगेका एक बृद्धको बैंक परिसरमै मृत्यु भएको छ । गङ्गाजमुना गाउँपालिकाका एक वृद्ध सामाजिक सुरक्षा भत्ता लिन जाँदा बैंकको लाइनमै बेहोस भएपछि उनको मृत्यु भएको हो । बैंकको लाइनमै रहेका उनी एकाएक बेहोस भएपछी उनलाई उपचारका लागि लैजाँदै गर्दा उनको मृत्यु भएको हो । 
गङ्गाजमुना–४ ठकुरीडाँडाका दमको रोगी रहेका ८३ वर्षीय रामबहादुर गुरुङ वृद्धभत्ता झिक्न जाँदा फूलखर्कमा रहेको एसबीआई बैंकमा बेहोश भई ढलेका थिए । बैंकमा लाम बसेका वृद्धको उपचारका लागि लाँदै गर्दा मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक दीपक अधिकारीले जानकारी दिएका छन् । 
यो बैंकको लाइनमै बस्दै गर्दा बेहोस भएर कसैको मृत्यु भएको धादिङको पहिलो घटना हो । यसो त यो घटनामा बैंकले लापरवाही गरेको, वृद्धभत्ता लिन आउने ग्राहकहरुलाई उचित सुरक्षा व्यवस्था नमिलाएको लगायतका आरोप पनि बैंकलाई लाग्दै आएको छ । 
हेर्नुहोस् भिडियो रिपोर्ट:
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: