
- अर्थ सरोकार सम्बाददाता
पोखरा – पोखरा महानगरपालिकाले विद्यालयले सञ्चालन गरिरहेको अनलाइन कक्षा बन्द गर्न निर्देशन दिएको छ । महानगरपालिकाले बिहिबार एक विज्ञप्ति जारी गर्दै पूर्वाधार बिना अनलाइन कक्षा सञ्चालन गरेकोमा उजुरी परेको भन्दै महानगरले तत्काल बन्द गर्न निर्देशन दिएको हो ।
महानगरपालिकाले सम्पूर्ण विद्यालयहरूलाई परिपत्र गर्दै अनलाइन तथा इन्टरनेटको पहुँच नभएका विधार्थी र उनीहरूका अभिभावकलाई तनाव भएको विज्ञप्ति उल्लेख गरेको छ । ‘अनलाइन कक्षा सञ्चालन गर्दा सम्पूर्ण विद्यार्थीहरूमा आवश्यक पूर्वाधार तथा इन्टरनेटको पहुँच नरहेको साथै सम्बन्धित निकायको अनुमति तथा आवश्यक पूर्वाधार बिनानै अनलाइन कक्षा सञ्चालन गर्दा समाजमा थप विकृति निम्त्याउनुका साथै अनलाइन कक्षाको पहुँचमा नरहेका विधार्थी तथा अभिभावकहरुलाई मानसिक दबाबसमेत परेको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्