
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । लगानीकर्ताहरु सामान्य रुपमा आवतजावत गर्न सक्ने वातावरण सिर्जना हुन सकेमात्रै धितोपत्र बजार खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले धितोपत्र बजार खुलाइहाल्ने अहिलेसम्म औपचारिक निर्णय नभइसकेको जानकारी दिए। उनले बैंक र ब्रोकरमात्र खुल्ने तर लगानीकर्ता सहजतापूर्ण तवरले कारोबार गर्न सक्ने वातावरण सिर्जना नभएसम्म बजार नखुल्ने स्पष्ट पारे।
अर्थ मन्त्रालयमा बिहीबार (आज) अपराह्न बस्ने बैठकद्वारा बजार सञ्चालनका विषयमा ठोस निर्णय आएपछि आजै नेप्सेलाई निर्देशन दिइने ढुंगानाले जिकिर गरे। ‘धितोपत्र बजार खुलिहाले पनि हालका लागि दैनिक २ घन्टामात्रै कारोबार गर्ने विषयमा छलफल भइरहेको छ’, ढुंगानाले भने । यो आंशिक लकडाउनमा सेयर कारोबारीलाई कनेक्ट आईपीएसमा आबद्ध गराउँदै ‘मेरो सेयर’ लगइन लिन प्रोत्साहित गर्दै घरबाटै धितोपत्र कारोबार गर्ने योजना रहेको अध्यक्ष ढुंगानाको भनाइ छ।
यता स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाटले धितोपत्र बजार खुलेमा ब्रोकरेज सेवा दिन तयारी अवस्थामा रहेको बताएका छन् । उनले ब्रोकर कम्पनीहरुले कोरोना रोकथामका लागि थर्मल गन, सेनिटाइजरलगायतका मापदण्डअनुसार सेवा दिने जानकारी दिए ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्