
- अर्थ सरोकार सम्बाददाता
काठमाण्डौ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) ले आन्तरिक मूल्यांकनलाई आधार मानेर विद्यार्थीलाई एसईईको प्रमाणपत्र दिन प्रस्ताव गरेको छ। प्याब्सनले यस वर्षको एसईई लिन सम्भव नदेखिएको भन्दै यस्तो प्रस्ताव गरेको हो । कोरानाभाइरस संक्रमण फैलिने डरले गत चैत ६ गतेदेखि हुने तय भएको एसईई हालसम्म हुन सकेको छैन ।
प्याब्सनद्वारा जारी विज्ञप्तिमा एईई लिन सम्भव नदेखिएकोले २०७६ सालको परीक्षामा सम्मिलित हुने विद्यार्थीहरुका लागि मात्र लागू हुने गरी विद्यालयहरुले गरेका आन्तरिक मूल्यांकनलाई नै राष्ट्रिय परीक्षा बोर्डले प्रमाणीकरण गरी ग्रेड सिट र प्रमाणपत्र दिने व्यवस्था गर्न उपयुक्त हुने सुझाव दिइएको छ । यसका लागि कानुनी बाधाअड्चन हटाई आन्तरिक मूल्यांकनका आधारमा प्रमाणपत्र दिन आवश्यक पहल गर्न पनि विज्ञप्तिमा सरकारसँग आग्रह गरिएको छ।
विश्वका विभिन्न विश्वविद्यालय तथा विद्यालय परीक्षा बोर्डहरुले आन्तरिक रुपमा लिएको परीक्षालाई नै आधार मानेर विद्यार्थीहरुलाई उत्तीर्ण गराइसकेको पनि विज्ञप्तिमा अवगत गराइएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्