×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एसईई परीक्षा जेठ अन्तिममा गर्न सरकारलाई कार्यदलको सिफारिस, ११-१२ को परीक्षा कहिले ?

PRIME CA

एसईई परीक्षा जेठ अन्तिममा गर्न सरकारलाई कार्यदलको सिफारिस, ११-१२ को परीक्षा कहिले ?

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । एसईई परीक्षा जेठ अन्तिममा गर्न राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. डा. चन्द्रमणि पौडेलको नेतृत्वको कार्यदलले सिफारिस गरेको छ । कार्यदलले बिहीबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई बुझाएको प्रतिवेदनमा २५ वैशाखपछि लकडाउनको मोडल फरक भए जेठ अन्तिम साताबाट एसईई परीक्षा गर्न सकिने उल्लेख छ ।
साथै एसईई र कक्षा १२ को परीक्षा एउटै समय (दुई सिफ्ट)मा गर्न पनि सिफारिस गरेको छ । चैत ६ मा हुने भनिएको एसईई परीक्षा कोरोना भाइरसका कारण रोकिएको थियो । जसका लागि १ हजार ९९५ परीक्षा केन्द्र तोकिएको थियो । एसईई परीक्षामा कूल चार लाख ८२ हजार ७०७ विद्यार्थी सहभागी हुनेछन् ।
कार्यदलले परीक्षार्थीहरु घरको खाना खाएर परीक्षा केन्द्रमा पुग्न सक्ने गरी उपकेन्द्रहरु थप गर्ने र सुरक्षाका उपाय अपनाउनुपर्ने सिफारिस गरेको छ । हिमाली र पहाडी जिल्लाका कतिपय विद्यालयलाई परीक्षा केन्‍द्रको मान्यता दिइनेछ । यस्तै परीक्षाको नतिजा ४५ दिनभित्र प्रकाशित गर्न सकिने र कक्षा ११ को परीक्षा भने केही समयपछि मात्र सञ्चालन गर्दा हुने कार्यदलको निष्कर्ष छ । 
यस्तै कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा भने वैशाख २५ गतेभित्र प्रकाशित हुने भएको छ । शिक्षा मन्त्रालयले प्रदेशको सामाजिक विकास मन्त्रालयहरुका साथै निजी विद्यालयहरुको छाता संगठनहरुलाई पनि छिटो नतिजा प्रकाशित गर्न आग्रह गरेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: