
- अर्थ सरोकार सम्बाददाता
कैलाली । कोरोना भाइरसको आशंकामा सेती अस्पतालको आइसोलेसनमा ४ जना भर्ना भएका छन् । कोरोना भाइरस संक्रमण मिल्दोजुल्दो लक्षण देखिएकाले उनीहरु अस्पतालमा भर्ना भएका हुन् ।
कैलालीका ३ जना र बैतडीका एक जनालाई ज्वरो आएकाले अस्पताल भर्ना गरिएको हो । धनगढी उपमहानगरपालिका– १८ का ३० बर्षीय पुरुष, धनगढी–८ का २१ बर्षीय युवक र धनगढी–३ का २८ बर्षीय युवकलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि अस्पतालको आइसोलेसनमा भर्ना गरिएको अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए ।
अस्पताल भर्ना भएका बैतडीको सिगास गाउँपालिका–३ का २१ वर्षीय युवकलाई पनि तीन दिनदेखि छाती दुख्ने र ज्वरो आउने समस्या देखिएको उनले बताए । उनीहरुको बुधबार र बिहिबार पीसीआर परीक्षणका लागि थ्रोट स्वाबको नमूना संकलन गरिने पनि श्रेष्ठले बताए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्