×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, र्यापिड टेस्ट गर्दा के आयो रिपोर्ट ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा एक जनाको मृत्यु, र्यापिड टेस्ट गर्दा के आयो रिपोर्ट ?

Artha Sarokar

१४ जेष्ठ २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कैलाली
  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको आज बिहान मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो । मंगलबार भारतको महाराष्ट्रबाट आएका उनी सोही दिन साँझ सेती प्रादेशिक अस्पतालमा भर्ना भएका थिए ।
अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठका अनुसार भारतबाट आएको र स्वास्थ्यमा समस्या पनि देखिएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनलाई  हिँजो साँझ भर्ना गरिएको थियो  र आज बिहानै निधन भयो ।
श्रेष्ठका अनुसार मृतकको र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ । उनमा कोरोना थियो कि थिएन भनेर पत्ता लगाउन पीसीआर परीक्षणको लागि स्वाब संकलनसमेत गरिएको उनले जानकारी दिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी