- अर्थ सरोकार सम्बाददाता
धनगढी । कोरोना संक्रमणको आशंकामा सेती प्रादेशिक अस्पतालमा भर्ना भएका कैलालीका पाँचजनाको परीक्षण गरिएको छ । उक्त परीक्षणमा सम्पूर्णको रिपोर्ट नेगिटिभ आएको छ । कोरोना आशंकामा भर्ना भएका कैलालीका पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले जानकारी दिए ।
कोरोना आशंकामा आइसोलेसन वार्डमा भर्ना भएका धनगढी उपमहानगरपालिका ५ का ३० वर्षीय पुरुष र उनकी २९ वर्षीया श्रीमती, कैलारी गाउँपालिका १ हसुलियाकी २७ वर्षीया महिला, त्यसैगरी धनगढी उपमहानगरपालिका १३ का ३० वर्षीय पुरुषको कोरोना परीक्षण गरिएको थियो । परिक्षणमा ती सबै व्यक्तिको रिपोर्ट नेगेटिभ आएको हो ।