×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रदेश सरकार श्रम शक्तिको सम्मानको वातावरण बनाउन संकल्पित छ’ : मुख्यमन्त्री पोखरेल

PRIME CA

‘प्रदेश सरकार श्रम शक्तिको सम्मानको वातावरण बनाउन संकल्पित छ’ : मुख्यमन्त्री पोखरेल

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार श्रम शक्तिको सम्मानको वातावरण बनाएर अघि बढ्न दृढ संकल्पित रहेको बताउनुभएको छ । मुख्यमन्त्री पोखरेलले अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै श्रमिक वर्गको हितका लागि सरकारले सामाजिक सुरक्षा कार्यक्रम घोषणा गरेको र यो व्यावहारिक रुपमा कार्यान्वयन हुँदै तिनको हित र सम्मानमा स्थापित हुने अपेक्षा गरिएको बताउनुभएको छ ।
मुख्यमन्त्री पोखरेलले बन्दाबन्दीका समयमा कोही भोकै बस्नुपर्ने अवस्था सिर्जना नहोस् भनेर दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने नागरिकको राहतका लागि आवश्यक प्रबन्ध मिलाइएको जानकारी दिनुभएको छ । मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देशमा भन्नुभएको छ, “श्रमशक्तिको विकासबाट नै समृद्ध नेपाल निर्माण सम्भव हुन्छ भन्ने मान्यताका आधारमा अघि बढ्न हार्दिक अपिल गर्दछु । -रासस 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: