×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

नेपाल धितोपत्र बोर्डको निर्देशन, ‘शेयर बजार जेठ ५ गतेसम्म बन्द गर्नू’ (भिडियो रिपोर्ट )

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं । बिहीबार देखि शेयर कारोबार फेरी बन्द भएको छ । नेपाल धितोपत्र बोर्डले शेयर बजार बन्द गर्न निर्देशन दिएसँगै नेपाल स्टक एक्सचेन्जले पुनः शेयर कारोबार बन्द गरेको हो । एक्सचेन्जले सूचना जारी गरेर लकडाउन अवधिभर (जेठ ५ गते सम्म) पुनः शेयर कारोबार बन्द गर्ने जानकारी दिएको छ । 
सरकारले विभिन्न ४२ प्रकारका उद्योगहरु सञ्चालन गर्न दिने निर्णय गरेसँगै नेप्सेले मंगलबार देखि दिनको दुई घण्टाका लागि बढीमा २ प्रतिशत सम्म उतारचढाव हुने गरी कारोबार खुल्ला गरेको थियो । मंगलबार र बुधबार कारोबार भयो । कारोबार भएका दुबै दिन नेप्से नकारात्मक सर्किट लागेर र्निधारीत समय अघि नै बन्द भएको थियो । सरकारले फेरी बिहीबार (आज) देखि लकडाउनमा कडाई गरेसँगै नेप्सेले पनि लगानीकर्ताको स्वास्थ्यलाई ध्यान दिई कारोबार बन्द गरेको हो । 
दुई दिन बजार सञ्चालन गर्दा एक तिहाई कर्मचारीबाट कारोबार सञ्चालन गर्न भनिएको थियो । तर ब्रोकर कार्यालयमा भिडभाड बढेको र सरकारले पनि लकडाउनलाई कडाई गरेपछि बोर्डले कारोबार बन्र्द गर्न निर्देशन दिएको हो । दई दिन सम्म कारोबार हुुँदा नेप्से करिब ५० अंकले घटेर १ हजार २ सय १ अंकमा बन्द भएको छ । हेर्नुहोस् भिडियो :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: