×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

PRIME CA
laxmi sunrise bank

अन्तत : मंगलबारदेखि सेयर कारोबार खोल्ने धितोपत्र बोर्डको निर्णय, दैनिक दुई घण्टा मात्र कारोबार गर्न पाइने !



  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । मंगलबारदेखि सेयर कारोबार खुल्ला हुने भएको छ । नेपाल धितोपत्र बोर्डको आज (शुक्रबार) बसेको बैठकले आगामी मंगलबारदेखि सेयर कारोबार खुल्ला गर्ने निर्णय गरेको हो । बोर्डका अनुसार मंगलबारदेखि सेयर बजार दैनिक २ घन्टाका खोल्न लागिएको हो ।
नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेन्ज (नेप्से)लाई आगामी मंगलबारदेखि दैनिक ११ देखि १ बजेसम्म २ घन्टा सेयर कारोबार खोल्न आग्रह गरेको छ । बोर्डले नेप्सेलाई कोरोनाको प्रभाव रहेसम्मको लागि २ प्रतिशतमा सर्किट ब्रेकर लगाउन भनेको छ । बोर्डले नेप्सेलाई प्रारम्भिक कारोबार सत्रमा प्रवेश गर्दा अघिल्लो दिनको अन्तिम मूल्यको ३ प्रतिशत भन्दा तलमाथी नहुने गरी बजार खोल्न आग्रह गरेको हो ।
यस्तै ब्रोकर कम्पनीहरुलाई सवारी पासको व्यवस्था बोर्डले नै गर्नेछ । अर्थमन्त्रालयसँगको समन्वयमा बोर्डले सेयर कारोबारको लागि पास वितरण गर्ने जानकारी दिएको छ । करिब ५० दिनपछि मंगलबार सेयर कारोबार खुल्ने भएको हो । लकडाउनका कारण सेयर बजार गत चैत्र १२ गतेदेखि बन्द रहेको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: