
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । सेयर बजार जेठ २० गतेसम्म बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) सोमबार एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो । सरकारले लकडाउन अवधि जेठ २० गतेसम्म थपेपछि सोही समयसम्म बजार पनि बन्द गरिने निर्णय भएको नेप्सेले जनाएको हो ।
यसअघि जेठ ५ गतेसम्म बजार बन्द भनिएको थियो । सरकारले लकडाउनलाई निरन्तरता दिएकाले बजार पनि बन्द गर्ने नेप्से सञ्चालक समितिले निर्णय गरेको हो । यसअघि लकडाउनकै बीचमा पनि २ दिन बजार खुला गरिएको थियो । २ दिन नै बजार ओरालो लागेपछि बजार बन्द गरिएको थियो ।

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्