×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाइनान्समा ताल-तालका कर्मचारी, सिएफओ हिसाब गर्नै जान्दैनन्, नभएको गफ चुट्छ्न् सूचना अधिकारी !

PRIME CA

सिर्जना फाइनान्समा ताल-तालका कर्मचारी, सिएफओ हिसाब गर्नै जान्दैनन्, नभएको गफ चुट्छ्न् सूचना अधिकारी !

अर्थ सरोकार

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिर्जना फाइनान्सले सोमबार (आज) प्रकाशन गरेको वित्तीय विवरणमा प्रतिसेयर आम्दानीको गलत क्याल्कुलेसन गर्यो । गलत क्याल्कुलेसन देखेपछि अर्थ सरोकार सहकर्मीले यस विषयमा बुझ्न फाइनान्सका सूचना अधिकारी प्रवेश अर्याललाई फोन गरे । तर अर्यालले कम्पनीको विवरण गलत नभएको जिकिर गरे । अर्थ सरोकारका पत्रकारसँग कुराकानी गर्दै उनले एनएफआरयसको हुने नहुने तर्क गर्दै गफ दिए । हामीले प्रतिसेयर आम्दानीको हिसाब गलत भएको दोहोर्याउँदा उनले अडिटरबाटै भेरिफाइ गरेर विवरण प्रकाशन गरेको भन्दै झुट बोले ।
यस्तो हुँदै नभएको हिसाब गर्ने अडिटरको रहेछन् भन्ने बुझ्दा उनले सिए अश्विनी बंशलको नाम लिए । त्यसपछी हामीले बंशललाई फोन गर्यौँ । उनले आफुले उक्त विवरण हेर्न नपाएको भन्दै हेरेर खबर गर्ने बताए । केहिबेरमा उनले फोन गर्दै भने, `मसँग कुनै परामर्श भएको थिएन । क्याल्कुलेसन गलत छ ।´ सूचना अधिकारी अर्यालले भनेका कुराबारे सोध्दा उनले भने, `गल्ती आफु गर्ने, अनि दोष मलाई दिने ? मैले त तपाईंले हिसाब गलत छ भनेपछी बल्ल विवरण हेरेँ ।´
त्यसपछी हामीले पुन: सूचना अधिकारीलाई फोन गर्यौ । उनले फेरि पनि फाइनान्सले प्रकाशन गरेको विवरण सहि रहेको दावी गरे । `तपाईंले कस्तो नबुझेको सिएफओलाई फोन गर्नुहोस् उहाँले बुझाइदिनुहुन्छ´ उल्टै ठुलो स्वरमा उनले हामीलाई हप्काउन थाले।
त्यसपछि हामीले कम्पनीका सिएफओ सुदेश अर्याललाई फोन गर्यौँ । उनले आफ्नो तर्फबाट गल्ती भएको स्वीकार्दै विवरण पुन: प्रकाशन गर्ने बताए । अनि सिएफओ भएर यति पनि हेर्नुपर्दैन ? हाम्रो प्रश्नमा उनले हाँसउठ्दो जवाफ दिए, `मैले ठिक हिसाब गरेको थिए, प्रिन्ट गर्दा गलत भएछ । आज प्रकाशन भएको कम्पनीको विवरणमा प्रति सेयर आम्दानी गलत छ ।´
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: