×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘रिहा भएका शुलभ अग्रवाललाई पक्राउ पुर्जी बिनै समातेर प्रहरीले अदालतको अपहेलना गर्यो’: अधिवक्ता कोइराला

PRIME CA

‘रिहा भएका शुलभ अग्रवाललाई पक्राउ पुर्जी बिनै समातेर प्रहरीले अदालतको अपहेलना गर्यो’: अधिवक्ता कोइराला

१९ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भए लगत्तै व्यवसायी सुलभ अग्रवाललाई प्रहरीले पुनः पक्राउ गरेको विषयमा अग्रवालको तर्फबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइरालाले आपत्ति जनाएका छन् । जिल्ला अदालतका न्यायधीश ब्रजेश प्याकुरेलको इजलासले अग्रवाललाई २५ लाख ५० हजार धरौटीमा छाड्न आदेश दिएको थियो । अदालतबाट रिहा भएलगत्तै पुनः प्रहरीले पक्राउ गर्नु अदालतको अपहेलना भएको अग्रवालको तर्फबाट बहस गरिरहेका अधिवक्ता परशुराम कोइरालाले बताएका छन् । कुनै पनि पक्राउ पुर्जि नलिएर अदालत परिसरबाटै पक्राउ गर्नु कानूनको उपहास भएको उनको तर्क छ ।
अग्रवाल विरुद्ध कलोबजारी तथा सामाजिक अपराध अन्तर्गत तीन वटा मुद्दा दार्ता भएको अधिवक्ता कोइरालाले बताउनुभयो । अदालतले प्राप्त प्रमाणको आधारमा जेष्ठ १८ गते अदालतमा हाजिर हुनेगरी धरौटीमा रिहा गरेपनि विना पूर्जी प्रहरीले पुनः पक्राउ गरेको उहाँको भनाई छ । अग्रवाललाई गत चैत २५ गते ५ हजार पर्ने थर्मल गन १५ हजार रुपैयाँ बेच्न खोजेको भन्दै महानगरिय अपराध अनुसन्धान महाशाखाको टोलीले पक्राउ गरेको थियो । पहिलो पटक जिल्ला प्रशासन कार्यालयबाट ७ दिन म्याद थप गरी अनुसन्धान सुरु गरिएको थियो । त्यसपछि २ पटक गरी प्रशासन कार्यालयबाट २२ दिन म्याद थप भएको थियो । अग्रवाल विरुद्ध जिल्ला अदालतमा बुधबार मात्रै मुद्दा दायर भएको थियो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: