×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ इन्स्योरेन्सले कोरोनाको महामारीबीच झन्डै २ दर्जन कर्मचारी निकाल्यो, कर्मचारीहरु चरम आर्थिक संकटमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । आफ्ना कर्मचारीमा कोरोना संक्रमण पुष्टी हुँदा पनि स्वास्थ्य सुरक्षामा चरम लापरवाही गर्ने सिद्धार्थ इन्स्योरेन्स लिमिटेडले कोरोना माहामारीका बीच झन्डै २ दर्जन प्रशिक्षार्थी कर्मचारीहरुलाई कामबाट हटाएको खुलासा भएको छ । योग्य छनौटका लागि प्रशिक्षार्थीको रुपमा भर्ना गरिएका कर्मचारीहरुमध्ये कार्यसम्पादान मूल्याङ्कनमा फेल भएका प्रशिक्षार्थी कामदारलाई विदा दिएको भन्दै इन्स्योरेन्सले २२ जना कर्मचारीहरुलाई निकालेको खुलासा भएको हो । तर कम्पनीबाट निकालिएका कर्मचारीहरुले भने कोरोना महामारीका बेला खर्च घटाउने बहानामा आफुहरुलाई कामबाट निकालेको भन्दै आक्रोश पोखेका छन् । 
https://arthasarokar.com/2020/05/exclusive-Siddhartha-Insurance.html

हामीमाथि अन्याय भयो : कर्मचारी

‘हामी २२ जनालाई कामबाट हटाइएको छ । कार्यसम्पादन मूल्याङ्कनको आधारमा अस्थायी नियुक्ति दिने भनिएको थियो । तर कसैलाई पनि नराखेर हटाइयो । यो बीचमा लकडाउन खुल्ला-खुल्लाजस्तो भएपछि कोहि कर्मचारीलाई नहटाउने भनिएको थियो, तर लकडाउन बढेसँगै कर्मचारीहरु निकालियो । लकडाउन खुल्दा हामी पास हुने, अनि लकडाउन बढेपछि हामी फेल हुने, यो कस्तो मुल्यांकन हो ?’ एक कर्मचारीले अर्थ सरोकार डटकमसँग भने, ‘ केहि साथीले त कोरोना संक्रमित कर्मचारीसँगै काम पनि गरेका छन् । अहिले तिनैको जागिर खाइयो । यो कुन हिसाबले न्यायोचित भयो ?’ अझ कतिपय कर्मचारीले त काम नै देखाउन पाएका थिएनन् । ‘मैले कम्पनीमा काम गर्न थालेको केहि समयभित्रै लकडाउन सुरु भयो । अनि म कसरी कार्यसम्पादन मुल्यांकनमा फेल भएँ त ? के यस्तो बेलामा पनि मैले करोडौंको बिजनेश जसरी पनि ल्याउनुपर्थ्यो हो ?’ उनले प्रतिप्रश्न गर्दै भने । 
कमजोरी खुल्ने डरले बोल्नै मान्दैनन् हाकिम साप !
यता कम्पनीका कार्यकारी प्रमुख बिरेन्द्र बैदवार क्षेत्री भने यस विषयमा बोल्नै मानिरहेका छैनन् । कम्पनीको शाखा कार्यालयकि एक कर्मचारी कोरोना संक्रमित कर्मचारीको विषय र अन्य कर्मचारी निकालिएको विषयमा उनको राय लिन हामीले उनलाई पटक पटक फोन गर्दा पनि उनको फोन उठेको छैन । यता निकालिएका कर्मचारीले भने आफ्नो कमजोरी खुल्ने डरले उनी मिडियासामु नबोलेको दाबी गरेका छन् ।
https://arthasarokar.com/2020/05/Siddhartha-Insurance.html
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: