×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सीमानामा भोकका कारण मृत्यु भएका यादवका परिवारलाई नगरपालिकाले १ लाख रुपैयाँ दिने

LAXMI SUNRISE BANK

सीमानामा भोकका कारण मृत्यु भएका यादवका परिवारलाई नगरपालिकाले १ लाख रुपैयाँ दिने

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुर । सीमानाकामा भोकका कारण मृत्यु भएका परिवारजनलाई शहिदनगर नगरपालिकाले राहत दिने घोषणा गरेको छ । नगरपालिकाले राहतस्वरुप मृतक परिवारलाई एक लाख रुपैयाँ उपलब्ध गराउने भएको हो । धनुषाको जटही सिमानाकामा भोकका कारण मृत्यु सोही नगरपालिका–९ बस्ने ३२ वर्षीय बिरेन्द्रकुमार गुरमैता यादवको मृत्यु भएको थियो ।
नगरपालिकाले राहतस्वरूप मृतकका परिवारलाई १ लाख रुपैयाँ राहत उपलब्ध गराएको नगर प्रमुख उदय बरबरियाले जानकारी दिए । बुधबार भारतको गुजरातबाट घर फर्कने क्रममा नेपाल–भारतको सीमानाका जटहीमा उनको मृत्यु भएको थियो । उनको मृत्युपछि भारतको विभिन्न स्थानबाट आएका नेपालीहरु आक्रोशित भएर प्रदर्शन समेत गरेका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी