×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिराहामा राहत वितरणको निहुँमा झडप, चार राउण्ड अश्रु ग्याँस र नौ राउण्ड हवाई फायर

PRIME CA
GLOBAL IME BANK

सिराहामा राहत वितरणको निहुँमा झडप, चार राउण्ड अश्रु ग्याँस र नौ राउण्ड हवाई फायर

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
जनकपुरधाम । सिराहाको मिर्चेयामा प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । राहत वितरणका क्रममा सोमबार प्रहरी र स्थानीवासिन्दाबीच झड्प भएको छ । झडपका क्रममा ५ जना प्रहरी र ४ जना सर्वसाधारण सामान्य घाइते भएका छन् ।
मिर्चेया नगरपालिका वडा नम्बर ७ मा पछिल्लो तीन दिन यता विपन्नलाई राहत वितरण गरिँदै आएको छ । सोमबार राहत वितरण गर्ने क्रममा केही व्यक्तिले हो–हल्ला गर्दै राहत वितरण नै बिथोल्न खोज्दा प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले चार राउण्ड अश्रु ग्यास र नौ राउण्ड हवाई फायर गरेका छन् । सिराहा प्रहरीका प्रवक्ता एवं डीएसपी बिनोद घिमिरे अनुसार हो हल्ला गर्नेहरुले ढुँगा प्रहार गर्न थालेपछि अश्रु ग्यास र हवाई फायर गर्नुपरेको बताए ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: