
सिरहा । सिरहामा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार बरियरपटी गाउँपालिकाका ३७, २८,२९ र ३३ वर्षीय पुरुष, औरही गाउँपालिकाका र लक्ष्मीपुर पतारी गाउँपालिकाका १-१ जना गरी जम्मा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
उनीहरु भारतको विभिन्न ठाउँबाट आएको सिरहाका प्रमुख जिल्ला अधिकारी सरोज गुरागाईंले जानकारी दिए । कोरोना संक्रमित पुष्टि भएकाहरुलाई धनगढीमाई नगरपालिकाको महेन्द्र गेनाई अस्पतालको आइसोलेसनमा राखिएको छ । योसँगै सिरहामा कोरोना संक्रमितको संख्या १४ पुगेको छ । जसमा २ जना प्रहरी रहेका छन् । – रासस
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्