×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिर्जना फाइनान्सको गलत विवरण प्रकरण : सिएफओले गल्ती स्वीकारे, सुचना अधिकारीले झुट बोले (फलोअप)

PRIME CA

सिर्जना फाइनान्सको गलत विवरण प्रकरण : सिएफओले गल्ती स्वीकारे, सुचना अधिकारीले झुट बोले (फलोअप)

अर्थ सरोकार

२९ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सिर्जना फाइनान्सले आफ्नो चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । तर फाइनान्सले सार्वजनिक गरेको वित्तीय विवरणले लगानीकर्ताहरुलाई अलमलमा पारेको छ । फाइनान्सको वार्षिक प्रतिशेयर आम्दानी १२ रुपैयाँ २० पैसा रहेको छ । तर, फाइनान्सले वित्तीय विवरणमा प्रतिसेयर आम्दानी २७ रुपैयाँ ४५ पैसा उल्लेख गरेको छ । वार्षिक प्रतिसेयर आम्दानीका आधारमा गणना गर्दा फाइनान्सको मूल्य आम्दानी अनुपात १७.२१ गुणा हुने देखिएको छ ।
यस विषयमा हामीले फाइनान्सका सूचना अधिकारी प्रवेश अर्यालसग कुरा गर्दा उनले लेखापरिक्षक अस्वीनी बंशललाई सोधेरै २७ रुपैयाँ ४५ पैसाको हिसाब निकालेको दाबी गरेका छन् । उनले अडिटरको टाउकोमा दोष थुपारदै फाइनान्स गलत नभएको दाबी गरेका थिए । यता अडिटर अस्वीनी बंशल भने यो विषयमा आफुलाई जनाकारी नभएको र सुचना अधिकारीले झुट बोलेको बताएका छन् ।
यसैबिच फाइनान्सका सिएफओ सुदेश अर्यालले भने गल्ती स्वीकारेका छन् । अर्थ सरोकार डटकमसँग उनले भने ‘गल्ती भएको हो । हामी सच्चाएर पुन: विवरण प्रकासन गर्दैछौै ।’
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: