×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

तपाईको स्मार्टफोन ढिलो चार्ज हुन्छ ? चिन्ता नलिनुस्, अपनाउनुस् यी पाँच तरिका, रिचार्ज हुन्छ फिलिली…

काठमाडौँ । स्मार्टफोन चार्जिङ पहिलेको तुलनामा निकै परिवर्तन भएको छ । थुप्रै कम्पनीले अब छिटो चार्ज हुने प्रविधिसहित स्मार्टफोन सार्वजनिक गरिरहेका छन् । धेरैजसो स्मार्टफोन डेढदेखि दुई घण्टामा फूल चार्ज हुन्छन् । यदि तपाईंको स्मार्टफोनले योभन्दा धेरै समय लिइरहेको छ भने चिन्ता नलिनुहोस् । हामी तपाईंलाई यस्ता कारणबारे जानकारी दिँदै छौं जसका कारण स्मार्टफोन ढिलो गरी चार्ज हुन्छन् ।
खराब एडेप्टर वा केबलः
धेरैजसो अवस्थामा खराबी फोनमा नभई चार्जरमा हुन्छ । यस्तोमा तपाईंलाई फोनसँगै आउने केबल वा एडेप्टरबाट मात्रै चार्ज गर्न सल्लाह दिइन्छ । यदि फोनसँगै आएको चार्जर बिग्रिएको छ भने ओरिजिनल चार्जर खरिद गर्नुहोस् । कतिपटक बाहिर बाट हेर्दा केबल राम्रै देखिन्छ तर भित्र केही खराबीका कारण चार्ज ढिलो हुन्छ ।
कमजोर पावर सोर्सः
ढिलो चार्ज हुने समस्या भए तपाईं चार्जरलाई मात्रै दोष दिन सक्नुहुन्नँ । तपाईंले कमजोर पावर सोर्सको प्रयोग गरिरहेको पनि हुनसक्छ । यस्तोमा जब तपाईं वायरलेस चार्जरको प्रयोग गरिरहनुभएको छ भने तपाईंले अब वायर चार्जर प्रयोग गर्नुपर्छ । स्मरण रहोस्, सामसङजस्तो कम्पनीले फास्ट वायरलेस चार्जर प्रदान गर्छन् तर पनि यो तारयुक्त चार्जरभन्दा ढिला नै हुन्छन् ।
ब्याकग्राउन्ड एपः
फोनको सफ्टवेयरमा खराबीका कारण पनि चार्ज ढिलो हुनसक्छ । यस्तोमा यदि तपाईंले कुनै नयाँ एप इन्स्टल गर्नुभएको छ भने त्यसलाई तुरुन्त डिलिट गर्नुहोस् । कुनै एपले ब्याकग्राउन्डमा धेरै पावर उपभोग गरिरहेका पनि हुनसक्छन् । यदि समस्या समाधान नभएको खण्डमा तपाईंले फोनलाई रिसेट गर्नुपर्ने हुन्छ ।
खराब यूएसबी पोर्टः
माथि उल्लेखित सबै कुरा ठिक छन् तर पनि चाज ढिलो भइरहेको छ भने तपाईंको फोनको यूएसबी पोर्ट पनि खराब भएको हुनसक्छ । धेरै समयसम्म फोन प्रयोग गर्दा यसमा फोहोर जम्मा हुन्छन् । कतिपटक यी भित्रबाट खराब हुन्छन् । यस्तोमा तपाईंले फोन सफा गर्नुपर्छ । यदि सफा गर्दा पनि ठिक भएन भने प्राविधिकको सहयोगमा बनाउँदा नै राम्रो हुन्छ ।
खराब ब्याट्री:
यी चार तरिकाले पनि तपाईंको फोन चार्ज हुन धेरै समय लागिरहेको छ भने तपाईंले फोनको ब्याट्री फेर्नुपर्छ । कतिपय अवस्थामा ब्याट्रीले काम त गरिरहेको हुन्छ तर केही आन्तरिक खराबीका कारण यो तीब्र रुपमा चार्ज हुन बन्द हुनेगर्दछ । यस्तोमा यसलाई फेरेर नै समस्या समाधान गर्नुपर्ने हुन्छ । – एजेन्सी 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: