×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोलुखुम्बुमा एक जनामा कोरोना संक्रमण पूष्टि, प्रदेशभर संक्रमित संख्या १०५ पुग्यो

PRIME CA
GLOBAL IME BANK

सोलुखुम्बुमा एक जनामा कोरोना संक्रमण पूष्टि, प्रदेशभर संक्रमित संख्या १०५ पुग्यो

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

सोलुखुम्बु

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । सोलुखुम्बुमा एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बिहीबार सोलुदुधकुण्ड नगरपालिकाका २७ बर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै प्रदेश १ को ८ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् र प्रदेशभरमा संक्रमितको संख्या १०५ पुगेको छ । संक्रमण पुष्टि भएका युवकलाई कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगर पठाइएको नगरपालिकाका मेयर नाम्गेल जाङ्बु शेर्पाले बताए ।
शेर्पाका अनुसार संक्रमण पुष्टि भएका युवक लकडाउन सुरु भएयता घरमा नै बसिरहेका थिए । उनलाई कहाँबाट कसरी कोरोना सर्‍यो भन्ने खुलेको छैन । ‘संक्रमित युवकको ट्राभल हिस्ट्री छैन’ उनले भने ‘लकडाउनअघि छिमेकी पालिकाबाट घर आएर बसेका हुन् बाहिर गएको देखिदैन ।’
उनलाई कसरी संक्रमण भयो भन्ने खोजी भइरहेको मेयर शेर्पाले बताए । ‘दोस्रो पटक नमुना संकलन गर्दा पोजेटिभ देखिएको हो’ उनले भने, ‘परीक्षण गर्दा मानवीय त्रुटी पनि भएको हुनसक्छ ।’
प्रदेश १ को झापामा ५४, उदयपुरमा ३३, धनकुटामा ७, मोरङमा ५, सुनसरीमा ३, सोलुखुम्वु, भोजपुर र खोटाङका १÷१ जनामा संक्रमण देखिएको छ । संक्रमितमध्ये ३० जना उपचार पछि घर फर्किएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: