Skip to content
LAXMI SUNRISE BANK

काठमाडौंको सोह्रखुट्टेमा थप एक जनामा कोरोनाको संक्रमण पुष्टी !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार काठमाडौँमा थप १ जना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत उक्त पुष्टी गरेको हो । उनी काठमाडौँको सोह्रखुट्टेका हुन् । यस्तै आज मात्र १९ जना कोरोना संक्रमित फेला परेका हुन् । 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आज थपिएका १९ जना संक्रमितमध्ये मोरङ १, बारा १, पर्सा ३, रौतहट १, सर्लाही १, रूपन्देही ६, काठमाडौं सोह्रखुट्टेका १, नुवाकोटका १, कपिलवस्तु ३, गुल्मीमा १ जना रहेको बताएका हुन् । नेपालमा अहिलेसम्म ४२ जिल्लामा कोरोनाको संक्रमण देखिएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK