×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सोह्रखुट्टेका ६९ वर्षिय पुरुषको ‘ट्राभल हिष्ट्री’ : चैत ३ गते अष्ट्रेलियाबाट युएई हुँदै यसरी काठमाडौं पुगेका थिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सोह्रखुट्टेका ६९ वर्षिय पुरुषको ‘ट्राभल हिष्ट्री’ : चैत ३ गते अष्ट्रेलियाबाट युएई हुँदै यसरी काठमाडौं पुगेका थिए

Artha Sarokar

११ जेष्ठ २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार कोरोना पुष्टी भएका काठमाडौं सोह्रखुट्टेका ६९ वर्षिय पुरुष अष्ट्रेलियाबाट आएको पाइएको छ । उनी चैत ३ गते अष्ट्रेलियाबाट युएई हुँदै काठमाडौं आएको पाइएको हो । 
उनी नेपाल आएर कतै नगई घरमै बसेको काठमाडौं महानगरपालिका–१६ का वडा सदस्य पुष्प महर्जन बताए । तर विदेशबाट आएका व्यक्तिको विवरण संकलन गरिएका बेला उनी छुटेका थिए । पछिल्लो समय वडा कार्यालयले पुनः विवरण संकलन गरेपछि पत्नीसहित उनले कोरोना परीक्षण गराएका थिए ।
आइतबार आएको रिपोर्ट अनुसार उनको नतिजा पोजेटिभ आएको छ भने श्रीमतीको नेगेटिभ आएको छ । उनलाई टेकु अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी