- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्पेनमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २५ हजार १०० पुगेको छ । स्पेनमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट २७६ जनाको मृत्यु भएको छ। साथै, २ हजार ५८८ जना नयाँ संक्रमण फेला परेसंगै संक्रमितको संख्या २ लाख ४५ हजार ५६७ पुगेको छ ।
स्पेनमा संक्रमितमध्ये ७४ हजार २३४ जना उपचारपछि निको भएका छन् । २ हजार ३८६ जनाको अवस्था गम्भीर रहेको छ भने १ लाख ४६ हजार २३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
चीनको वुहानबाट शुरु भएको कोरोना संक्रमणको दर यूरोपियन मुलुक हुँदै पछिल्लो समय अमेरिकामा तीव्र देखिएको छ ।