Skip to content
LAXMI SUNRISE BANK

खुद नाफामा स्पर्श लघुवित्तको छलाङ, अन्य महत्वपुर्ण सूचकहरुमा पनि आकर्षक वृद्धि

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – स्पर्स लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाले अधिकांश सूचकमा आकर्षक प्रगति गरेको छ । संस्थाले खुद नाफामा १९७.५०%ले बढोत्तरी गरी १ करोड ७९ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ। गत वर्षको यही अवधिमा संस्थाले खुद नाफा ६० लाख ३९ हजार रुपैयाँ आर्जन गरेको थियो। 
यस्तै, खुद ब्याज आम्दानी २ करोड २४ लाख रुपैयाँबाट बढाएर ४ करोड ६९ लाख रुपैयाँ पुर्याउन सफल भएको छ । यता, सञ्चालन मुनाफा २ करोड २२ लाख रुपैयाँ रहेको छ। गत वर्ष यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ८४ लाख ६७ हजार रुपैयाँ रहेको थियो। 
यो तेश्रो त्रैमाससम्म संस्थाले २३ करोड ३ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब २ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। समीक्षा अवधिमा संस्थाको चुक्तापुँजी ९ करोड ३७ लाख रुपैयाँ पुगेको छ। संस्थाले रिजर्भको आकार ३१५.५१ प्रतिशतले बढाएको छ। गत वर्ष ६२ लाख ५३ हजार रुपैयाँ रहेको रिभर्जमा बढेर २ करोड ५९ लाख रुपैयाँ पुगेको छ। संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी २५.५५ रुपैयाँ र पीई रेसियो २७.१२ गुणा रहेको छ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK