×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

संकटका बेला सरकारलाई स्ट्यान्डर्ड चाटर्ड बैंकको साथ : कोरोना कोषमा एक करोड १६ लाख रुपैयाँ सहयोग

PRIME CA
GLOBAL IME BANK

संकटका बेला सरकारलाई स्ट्यान्डर्ड चाटर्ड बैंकको साथ : कोरोना कोषमा एक करोड १६ लाख रुपैयाँ सहयोग

५ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । नेपाल सरकारको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा स्टान्डर्ड चार्टर्ड बैंकले १ करोड १६ लाख रुपैयाँ सहयोग गरेको छ । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिर्भान घोष दोस्तिदारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टलाई हस्तान्तरण गरे । 
उक्त अवसरमा दस्तीदारले भने, ‘नेपालमा ३३ वर्षदेखि सेवारत बैंकको रुपमा हामी देशप्रति प्रतिवद्धता दोहोर्याउन चाहन्छौं । हाम्रो ब्राण्डद्वारा गरिएको सहयोगले महामारी नियन्त्रणमा सरकारको कार्यमा योगदान पुग्ने विश्वास छ ।’
मन्त्री भट्टले बैंकलाई सहयोगको लागि धन्यवाद ज्ञापन गरेका थिए । यसैगरी, बैंकले यसअघि कोरोना भाइरसको महामारी नियन्त्रण, रोकथाम तथा उपचारका लागि ग्लोबल फण्डलाई ५० मिलियन डलर सहयोग गरिसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: