×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सरकारले ७ प्रदेशका लागि ९९ अर्ब ८७ करोड ३७ लाख बजेट छुट्ट्यायो, कुन प्रदेशको भागमा कति ? (विवरणसहित)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

सरकारले ७ प्रदेशका लागि ९९ अर्ब ८७ करोड ३७ लाख बजेट छुट्ट्यायो, कुन प्रदेशको भागमा कति ? (विवरणसहित)

Artha Sarokar

१६ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । सरकारले ७ वटा प्रदेशका लागि ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहिबार अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७७/०७८ को बजेटमार्फत ७ वटा प्रदेशलाई समानीकरण, सशर्त, विशेष र समपुर अनुदान शीर्षकमा ९९ अर्ब ८७ करोड ३७ लाख रुपैयाँ बजेट विनियोजन गरिएको बताएका हुन् ।
समानीकरण अनुदानमा ५५ अर्ब १९ करोड ५० लाख, सशर्त अनुदानमा ३६ अर्ब ३५ करोड ७५ लाख, विशेष अनुदान शीर्षकमा ३ अर्ब १३ करोड ५० लाख र समपुक अनुदान शीर्षकमा ५ अर्ब १८ करोड ६२ लाख अन्तरसरकारी वित्तिय हस्तान्तरण गरिएको छ ।

हेनुहोस्, कुन प्रदेशलाई कति बजेट ?
प्रदेश १ – १५ अर्ब ११ करोड ३८ लाख
प्रदेश २ – १३ अर्ब ४० करोड ५९ लाख
बागमती प्रदेश – १४ अर्ब ८६ करोड ९८ लाख
गण्डकी प्रदेश – १३ अर्ब ३५ लाख ९९ लाख
प्रदेश ५ – १४ अर्ब ६ करोड ९६ लाख
कर्णाली प्रदेश – १४ अर्ब ८३ करोड ६५ लाख
सुदूपश्चिम प्रदेश – १४ अर्ब २१ करोड ८२ लाख
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी