×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्यो उद्धार

LAXMI SUNRISE BANK

इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्यो उद्धार

१२ जेष्ठ २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो । यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्वीट गरेर जानकारी दिएको छ ।
ट्वीटरमा पोष्ट गरिएको एक भिडियोमा ढकालले आफू भारतको महाऋषि मार्कण्डेय विश्वविद्यालय हरियाणमा बीबीए अध्ययन गर्न आएको र इन्डोनेसियाको विश्वविद्यालयसँग आफूले पढिरहेको विश्वविद्यालयबीच विद्यार्थी आदानप्रदान कार्यक्रम भएअनुसार आफू इन्डोनेसिया आएको बताएकी छन् । उनले आफूलाई उद्धार गरिदिन नेपाल सरकारलाई अनुरोध गरेको र नेपाल सरकारले भारत सरकारलाई अनुरोध गरेकाले आफू इन्डोनेसियाबाट फर्किन पाएको बताएकी छन् । उनले आफ्नो उद्धार गरिदिएको भन्दै नेपाल र भारतका दुवै सरकारलाई धन्यवाद दिएकी छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी