- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ । दक्षिण सुडानका उपराष्ट्रपति रिक माशर र उनकी पत्नी एजेलिना टेनी (रक्षामन्त्री) कोरोना भाइरसबाट संक्रमित भएका छन् । एकहप्ता अगाडि माशरको कोरोना परीक्षण भएको थियो ।
कोभिड–१९ टास्क फोर्सका एक सदस्यलाई कोरोना संक्रमण देखिएको थियो । उनलाई देखिएसँगै उपराष्ट्रपति माशरलाई पनि परीक्षण गरिएको थियो । उनको रिपोर्ट पोजिटिभ देखिएको पुष्टि भएपछि उनको उपचारका लागि उच्च सतर्कता अपनाइएको छ ।
त्यस्तै उनका सुरक्षाकर्मीहरु पनि कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।