×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित संख्या शून्य, जोखिम भने कायमै

LAXMI SUNRISE BANK

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमित संख्या शून्य, जोखिम भने कायमै

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य भएको छ । २२ चैतसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ जना थियो । तीमध्ये ४ जना सुदूरपश्चिम प्रदेशका थिए । त्यो बेला मुलुककै ठूलो जोखिम क्षेत्रमा गनिएको थियो सुदूरपश्चिम प्रदेश । तर, अहिले प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य भएको छ ।
शुक्रबार सेती प्रादेशिक अस्पतालबाट धनगढी ५ कि ३४ वर्षीया महिला पनि निको भएर घर फर्किएपछि प्रदेशमा कोरोना संक्रमितको संख्या शून्य भएको हो । यसअघि धनगढी ५ का ३४ वर्षीय युवक, लम्किचुहाकी ६० वर्षीया महिला, लम्किचुहाकै २१ वर्षीय युवक र कञ्चनपुर बेतकोटका ४१ वर्षीय पुरुष पनि निको भएर घर फर्किसकेका छन् । अहिले प्रदेशमा संक्रमितहरु नभए पनि जोखिम भने उस्तै रहेको जानकारहरु बताउँछन् । ‘यहाँका थुप्रै मान्छेहरु भारतमा छन् । त्यस कारण पनि जोखिम उस्तै छ,’ प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक डा। गुणराज अवस्थीले भने ।
सरकारले सीमा बन्द गरे पनि लुकिछिपी आउने क्रम नरोकिएको उनी बताउँछन् । ‘चोर नाकाबाट अझै आइरहेका छन्,’ उनी भन्छन्, ‘अब भारतको उत्तरप्रदेश र उत्तराखण्डबाट आउनेहरुबाट पनि संक्रमण बढ्न सक्छ ।’ भारतमा उत्तर प्रदेश जोखिमको छैटौं स्थानमा रहको र उत्तराखण्ड १९ औं स्थानमा छ । सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्का पनि कोरोनाको संक्रममित नहुँदैमा जोखिम सकिएको भन्न नसकिने बताउँछन् । ‘भारतमा प्रत्येक दिन संक्रमण बढ्दो अवस्थामा छ,’ उनले भने, ‘यहाँ संक्रमित निको भएर घर फर्किए पनि त्यहाँबाट आउनेहरुबाटै फेरि संक्रमण फैलन सक्छ ।’
सुदूरपश्चिम प्रदेशमा ३ हजारको पीसीआर र १५ हजारको आरडीटी परीक्षण गरिएको छ । पीसीआरमा पोजेटिभ भेटिएका ५ जना पनि निको भएर घर फर्किसकेका छन् । आरडीटीमा पोजेटिभ भेटिएका १० जनाको रिपोर्ट पीसीआरमा नेगेटिभ देखिएको छ । यसले पनि प्रदेशमा अहिले कोरोना संक्रमित नभएको जनाउँछ। तर, तथ्यांकमा संक्रमित नभेटिँदा संक्रमित नै छैनन् भन्न नसकिने चिकित्सकहरुको भनाइ छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी