×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा कोरोना संक्रमित संख्या डेढ लाख नाघ्यो, एकै दिन ६ हजार ५६६ जना नयाँ संकमित फेला

LAXMI SUNRISE BANK

भारतमा कोरोना संक्रमित संख्या डेढ लाख नाघ्यो, एकै दिन ६ हजार ५६६ जना नयाँ संकमित फेला

१५ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

धनगढी
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । भारतमा कोरोना संक्रमित १ लाख ५८ हजार नाघेको छ ।   स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहिबार बिहान दिएको जानकारी अनुसार भारतमा बुधबार एकै दिनमा ६ हजार ५६६ जना नयाँ कोरोना संक्रमित थपिएसंगै संक्रमित संख्या १ लाख ५८ हजार ३३३ पुगेको छ । 
मन्त्रालय तथ्याङ्कअनुसार भारतमा कोरोनाबाट ज्यान जानेको संख्या ४ हजार ५३१ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या ६७ हजार ९९२ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । हाल भारतमा ८६ हजार ११० जना कोरोना संक्रमित उपचाररत रहेका छन् । 
भारतमा कोरोना संक्रमणबाट सबै भन्दा प्रभावित राज्य महाराष्ट्र रहेको छ । यस राज्यमा मात्र ५६ हजार ९४८ नागरिक कोरोना संक्रमित रहेका छन् । महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ । त्यहाँ १८ हजार ५४५ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् । गुजरातमा १५ हजार १९५ संक्रमति रहेका छन् । दिल्लीमा १५ हजार २५७ जना कोरोना संक्रमित रहेका छन् ।
भारतमा दुई महिना भन्दा बढी समयदेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ । कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी