×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

भारतमा ‘लकडाउन’ खुकुलो हुँदा नेपाल भित्रिनेको संख्या बढ्यो, कोरोनाको अत्याधिक जोखिम !

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISHHOME

भारतमा ‘लकडाउन’ खुकुलो हुँदा नेपाल भित्रिनेको संख्या बढ्यो, कोरोनाको अत्याधिक जोखिम !

Artha Sarokar

२८ बैशाख २०७७, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
भैरहवा – भारतमा लकडाउन केहि खुकुलो भएसँगै सुनौली नाकामा १३ सयभन्दा बढी नेपाली भेला भएका छन् । कोरोना भाइरसको संक्रमण बढेपछि भारतमा जारी लकडाउनले उद्योग कलकारखाना बन्द भएपछि रोजगारी गुमाएका नेपाली स्वदेश फर्किन थालेका हुन् ।

इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक इशवरी अधिकारीका अनुसार नेपालीहरु आउने क्रम बढिरहेको छ । भारतले अव आउने नेपालीलाई क्वारेन्टाइनमा राख्न नसक्ने जवाफ दिइरहेको पनि उनले बताए । अहिलेसम्म दुवै देशको सहमति अनुसार नेपालतर्फ रहेका भारतीय नागरिक नेपालको क्वारेन्टाइनमा रहेका छन् भने भारततर्फ रहेका नेपाली सुनौलीको क्वारेन्टाइनमा छन् । 

सुनौलीमा रहेको क्वारेन्टाइनमा करिव सात सय नेपाली रहेका छन् भने अन्य सीमानाकामा छरिएर रहेको र रातको समयमा लुकिछिपी नेपाल छिर्ने गरेको प्रहरी निरीक्षक अधिकारीले बताए । सीमा क्षेत्रमा नेपालीहरु आउने क्रम बढेसँगै सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक हेमकुमार थापाले बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी