Skip to content
LAXMI SUNRISE BANK

सुनसरीका संक्रमित युवक भारतको दिल्लीबाट ११ दिन हिँडेर नेपाल आएका थिए

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
विराटनगर । सोमबार कोरोना संक्रमण पुष्टि भएका सुनसरीको गढी गाउँपालिकाका युवक दिल्लीबाट ११ दिन हिँडेर नेपाल आएको पाइएको छ । उनीसंगै अन्य  १० जना साथीसँगै भारतको दिल्लीबाट आएको पाइएको हो । हिडेर आउनेहरुमा ५ जना गढी गाउँपालिका, इटहरी र मोरङका २/२ जना, एक जना धरानका र एक जना इनरुवाका थिए । 
उनीहरुलाई जोगवनी नाकाबाट गाउँपालिकाकै पहलमा एम्बुलेन्समा राखेर वैशाख ३० गते सिधै गढी गाउँपालिका कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिएको थियो । गढी गाउँपालिका अध्यक्ष श्रीप्रसाद यादवले संक्रमित युवक गाउँमा प्रवेश गर्न नपाएका कारण जोखिम नभएको बताए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK