×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सपोर्ट माइक्रोफाइनान्सको लोभलाग्दो प्रगति, खुद नाफा २२०.१९ प्रतिशतले वृद्धि

PRIME CA

सपोर्ट माइक्रोफाइनान्सको लोभलाग्दो प्रगति, खुद नाफा २२०.१९ प्रतिशतले वृद्धि

२५ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्थाले आर्थिक वर्ष २०७६/७७ को तेश्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार संस्थाको खुद नाफा ६६ लाख २८ हजार रुपैयाँ कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिमा २२०.१९% ले धेरै हो ।  गत वर्षको यहि अवधिमा कम्पनीले २० लाख ७० हजार रुपैयाँले खुद नाफा कमाएको थियो । 
खुद ब्याज आम्दानी पनि २ करोड १८ लाख रुपैयाँबाट बढाएर ३ करोड १९ लाख पुर्याएको छ । सपोर्टले सञ्चालन नाफा पनि ३२ लाख ५३ हजार रुपैयाँबाट बढाएर १ करोड ४ लाख पुर्याएको छ । कम्पनीको खुद ब्याज आम्दानी र सञ्चालन आकर्षक वृद्धि देखिएको छ ।  
यो तेश्रो त्रैमाससम्म १७ करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी ८६ करोड ३३ लाख रुपैयाँ कर्जा लगानी गरेको छ । हाल यसको चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा २ करोड १३ लाख रुपैयाँ छ ।
यता, कम्पनीले खराब कर्जा पनि घटाउन सफल भएको छ । गत वर्ष २.८६% रहेको खराब कर्जा यो त्रैमासमा घटेर १.६७% मा सीमित भएको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७३ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ ५९ पैसा छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: