
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं । र्यापिड डाइग्नोस्टिक टेस्ट विधिबाट कोरोना संक्रमण परीक्षण बन्द गराउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । सरकारले आरडीटी परिक्षणमा तिब्रता दिई नागरिकको स्वास्थ्यमा लापरवाही गरेको भन्दै बुधबार उक्त विधिबाट कोरोना संक्रमण परिक्षण बन्द गराउन माग गर्दै अधिवक्ता ज्ञानेन्द्रराज आरण, सन्तोष भण्डारी, शंकर पौडेल र शुक्रराज आरणले रिट दायर गरेका हुन् ।
संयुक्त राष्ट्रसंघीय निकाय डब्लुएचओले जारी गरेको अन्तरिम निर्देशिकामा कोभिड १९ को परिक्षणमा आरटी पीसीआर विधि अनुशरण गर्न निर्देशन दिएको भन्दै उनीहरुले आरटी पीसीआर (प्रयोगशालामा गरिने परीक्षण) विधिबाटै कोरोना परीक्षणमा तिब्रता दिन माग गरेका छन् । यस्तै उनीहरुले आरडीटी विधिबाट कोरोना परिक्षण गर्ने २०७६ चैत २२ गतेको मन्त्रिपरिषद निर्णय पनि उत्प्रेषणको आदेशद्वारा बदर गर्न माग गरेका छन् ।
मन्त्रिपरिषदको निर्णयपछि सरकारले कोरोना परिक्षणको भरपर्दो विधि आरटी पीसीआरको परिक्षणलाई तिब्रता नदिई र्यापिड टेस्टमा तिब्रता दिएको उनीहरुको भनाइ छ । यस रिटमाथिको पेशी आइतबारका लागि तोकिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्