
- अर्थ सरोकार मल्टिमिडिया ब्युरो
काठमाडौँ । पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले कर छली र भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिलाई पुनः अभिलेखिकरण गर्न दिने विषयमा बैंकर्सहरुसँग सुझाव मागेका छन् । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद समेत रहनु भएका पाण्डेले व्यवसायीहरुले त्यस्तो सम्पत्ति एकपटकका लागि सार्वजनिक गर्न माग गरेको भन्दै त्यसलाई प्रणालीमा ल्याउँदा के हुन्छ भनेर बैंकर्सहरुसँग धारणा मागेका हुन् । संघीय संसद प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिको मंगलबारको बैठकमा सांसद पाण्डेले नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालसँग यो विषयमा सुझाव माग गरेका हुन् ।
‘यो चिजमा धेरै व्यवसायीहरुले के भन्छन भने एकपटक बैंकमा सबै पैसा ल्याउनको लागि ओपन गरिदिएर त्यसपछि कडाई गर्ने भन्ने सुझाव पनि दिन्छन् ।’ सांसद पाण्डेले एकपटक राजनीतिक कुरा गरेर यसलाई बैंकिङ प्रणालीमा ल्याउदा कसरी क्याप्चर गर्न सकिन्छ भन्दै बैंकर्सहरुको धारणा माग गर्नुभएको हो । उहाँले भन्नुभयो ‘एकपटक पोलिटिकल कुरागरेर एकपटकलाई ओपेन गरिदिएर ड्रग र अरु पैसालाई चाहिं होइन् । अन्य पैसालाई हाम्रो सिस्टममा ल्याएर डिजिटलमा पुरा क्याप्चर गर्ने ढंगले जान पर्यो भनेदेखि तपाइहरुको के छ यसमा धारणा ? मलाई त्यो चाहिएको छ ।’ बैंकर्सहरुको धारणा माग्दै उनले भने ।
यस विषयमा बैंकर्स संघका अध्यक्ष भुवन दाहालले के भने ? हेर्नुहोस् भिडियो
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्