×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद अपहरण प्रकरण : सरकारी वकिलको कार्यालयद्वारा बस्नेत, श्रेष्ठ र खनालविरुद्ध उजुरी दर्ता !

LAXMI SUNRISE BANK

सांसद अपहरण प्रकरण : सरकारी वकिलको कार्यालयद्वारा बस्नेत, श्रेष्ठ र खनालविरुद्ध उजुरी दर्ता !

२२ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरणसम्बन्धी जाहेरी दर्ता भएको छ ।  सांसद महेश बस्नेत, किसन श्रेष्ठ र नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनालविरुद्धको सो जाहेरी सोमबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले दर्ता गरेको हो । जाहेरीको दर्ता नम्बर १०४७ रहेको छ । 
उनीहरुमाथि जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादवलाई अपहरण गरेर काठमाडौं ल्याएको आरोप छ । अब सरकारी वकिल कार्यालयले उजुरीमाथि अध्ययन गर्नेछ र आवश्यकता अनुसार थप प्रक्रियाका लागि प्रहरीसमक्ष पठाउनेछ । अपहरणको जाहेरी दर्ता गर्न सांसद यादवसहित जसपाका नेताहरु महानगरीय प्रहरी परिसर गएका थिए । तर प्रहरीले दर्ता गर्न अस्वीकार गरेपछि १६ वैशाखमा सरकारी वकिलको कार्यालय पुगेका थिए । तर त्यहाँ पनि दर्ता भएन । यद्यपि उजुरीको प्रति छाडेर फर्किएका थिए । 
सा‌ंसद यादवले राष्ट्रिय मानवअधिकार आयोगमा समेत उजरी दिएका छन् । त्यसपछि सरकारी वकिलको कार्यालयले उजुरी दर्ता गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी