
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । कर्णाली प्रदेशमा संक्रमितको संख्या ४६ पुगेको छ । बिहिवार मात्रै दैलेखका ८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको हो । भारतबाट केहि दिनअघि आइ क्वारेन्टाइनमा बसेकाहरूबाट लिइएको रिपोर्ट पोजेटिभ सामाजिक विकास मन्त्रालय कर्णाली प्रदेशका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । उनिहरूमध्ये सबै जना दैलेखको नारायण नगरपालिकाका रहेको उनले बताए ।
संक्रमितमध्ये ८ जनामध्ये १ जना महिला र ७ जना पुरूष रहेका छन् । सबै संक्रमितहरू दैलेखको नारायण नगरपालिकाका रहेका छन्। यसअघि दैलेखका ८ जना, सुर्खेतका २८, बझाङका १ जना र ठेगाना नखुलेका १ जना गरि ३८ जना कर्णालीमा कोरोना संक्रमित थिए । आज थप भएका ८ जनासहित कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या ४६ पुगेको छ भने दैलेखमा मात्रै १६ पुगेको छ । मन्त्रालयका अनुसार सबै कोरोना संक्रमित सामान्य अवस्थामा स्वास्थ्यकर्मीको सम्पर्कमा रहेका छन् ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्