
- अर्थ सरोकार सम्बाददाता
सुर्खेत । प्रदेश सरकारले छिञ्चुमा स्थापना गर्ने तयारी गरेको कोरोना परीक्षण केन्द्र स्थान विवादका कारण अन्योलमा परेको छ । भारतबाट फर्किएकाहरुको पिसिआर विधिबाट कोरोना परीक्षण गर्ने उद्देश्यले भेरीगङ्गा नगरपालिकामा स्थापना गर्ने भनिएको परीक्षण केन्द्रको अझै टुङ्गो लाग्न सकेको छैन ।
प्रदेश सरकारले कर्णाली भित्रिने मुख्य नाका सुर्खेतका बबई र कुइने तथा सल्यानको कपुरकोटमध्ये पहिलो चरणमा बबई हुँदै छिञ्चु आउनेहरुका लागि परीक्षण केन्द्र निर्माण गर्ने निर्णय गरेको थियो । हालसम्म बबईबाट भित्रिनेको ज्वरो मापन गरेर पठाउने गरिएको छ । पछिल्लो समय भारतले रेल सेवा सञ्चालन गरेपछि स्वदेश फर्किने नेपालीको सङ्ख्या बढेको छ । यसले गर्दा सीमानाकामा नेपालीको भीड लाग्ने गरेको छ ।
प्रदेश सरकारका सामाजिक विकासमन्त्री दल रावल, आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीसहित स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको टोलीले बबई, छिञ्चुलगायत सम्भावित स्थानको अवलोकन गरेको थियो । बबईमा जग्गाको अभाव भएकाले उक्त टोली छिञ्चुमा कोरोना परीक्षण केन्द्र स्थापना गर्ने टुङ्गोमा पुगेको थियो । छिञ्चुका मदानेचौर र शारदा माविमा स्थापना गरिने केन्द्रबाट स्वाब सङ्कलन गरी पिसिआर विधिबाट परीक्षण गर्ने सरकारको तयारी भए पनि भेरीगङ्गाले बजारको मुख्य केन्द्रमा कोरानो परीक्षण तथा भारतबाट भित्रिएकालाई व्यवस्थापन गर्नु उपयुक्त नहुने सुझाव दिएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्