
- अर्थ सरोकार सम्बाददाता
दैलेख । दैलेख आठबिस नगरपालिका १ का कोरोना संक्रमित ३५ वर्षिय युवालाई सुर्खेत लगिएको छ । गत ५ गते कोरोना पुष्टि भएका उनलाई चार दिन दैलेख राखेर सुर्खेत लगिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका खोप अधिकृत थीरप्रशाद रेग्मीले बताए ।
प्रदेश सरकारले कर्णालीका तीन जिल्लामा कोरोना अस्पताल घोषणा गरेको भए पनि कोरोना अस्पतालमा लगेर उपचार नगरिएको भन्दै प्रदेश सरकारको आलोचना भएको थियो । भारतको वनवासा हुँदै दैलेख आएका उनलाई आठबिस नगरपालिकाले गत चैत्र ३१ गते उद्धार गरी ल्याएको थियो। उनीसँगै ३९ जनाको उद्धार गरिएकोमा ३८ जनामा कोरोना नेगेटिभ देखिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्