
काठमाडौं । कोरोनाभाइरस महामारीबीच स्विडेनमा एउटा अनौठो रेस्टुुराँ खुलेको छ । एउटा विशाल मैदानको मध्यभागमा अवस्थित यो रेस्टुुराँमा संक्रमणबाट बच्नका लागि कयौँ कदमहरु उठाइएका छन् । यहाँ सामाजिक दूरी कायम गर्ने नियमको भरपुर पालना गरिएको छ। कोरोनाको संक्रमण रोक्न र यसबाट बच्नका लागि एक दिनमा केवल एकजनामात्रै ग्राहकले रेस्टुुराँमा बसेर खाना खान सक्नेछ। यहाँ ग्राहकका लागि केवल एउटामात्रै टेबल उपलब्ध गराइने व्यवस्था गराइएको छ।
रेस्टुराँमा ग्राहकलाई खाना वेटरले दिने छैन । यसका लागि डोरीको प्रयोग गरिनेछ। जहाँ डोरीले सहायताले टोकरीमार्फत ग्राहकसामु खाना पुर्याइनेछ। यो अनौठो रेस्टुराँका नाम “टेबल फर वान” राखिएको छ। यो रेस्टुराँमा आउने ग्राहकले खुला आकाशमुनि एक्लै बसेर खाना खानुपर्नेछ। टेबल फर वानमा बसेर खाना खानका लागि ग्राहकले अझै पाँच दिनसम्म प्रतीक्षा गर्नुपर्ने हुन्छ। यही १० मेबाट यो रेस्टुराँको उद्घाटन हुने कार्यक्रम रहेको छ । १ अगस्ट सम्म यहाँ ग्राहक आउन सक्नेछन् ।
कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि रेष्टुराँमा कयौ उपायहरु अपनाइएका छन् । जस्तै ग्राहकले खाएको भाडालाई दुईपटक धोइनेछ र टेबललाई पनि सेनिटाइज गरिनेछ। यस्तै खाना पकाउने बेला पनि विशेष सावधानी अपनाइने रेस्टुराँ सञ्चालकले जानकारी दिएका छन् । स्विडेनमा हालसम्म २२ हजारभन्दा धेरै मानिसलाई कोरोनाभाइरसको संक्रमण देखिएको छ भने तीमध्ये २७६९ जनाको मृत्यु भइसकेको छ। – एजेन्सी
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्