Skip to content
LAXMI SUNRISE BANK

स्याङ्जामा थप २ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा संक्रमितको संख्या २४ पुग्यो

अर्थ सरोकार

स्याङ्जा
  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना संक्रमण देखिएको छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले स्याङ्जामा २ र तनहुँमा १ गरी ३ जनामा संक्रमण देखिएको जनाएको हो । मन्त्रालयले स्याङ्जाको गल्याङ नगरपालिका ठेगाना भई सोहि नगरपालिकाको क्वारेन्टाइनमा रहेका २७ र ४० वर्षका २ पुरुषमा संक्रमण देखिएको हो । 
त्यस्तै तनहुँको ऋषिङ गाउँपालिका ठेगना भई सोहि पालिकाको क्वारेन्टाइन रहेका २८ वर्षीय १ पुरुषमा कोरोना पुष्टि भएको हो । तनहुँमा पहिलो पटक कोरोना पुष्टि भएको हो । यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २४ पुगेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK