×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

Q3 Report : सिनर्जी पावरको नाफा बढ्यो, प्रति सेयर आम्दानी १३ रुपैयाँ ८० पैसा हुँदा अन्य सूचक कस्ता ?

PRIME CA
GLOBAL IME BANK

Q3 Report : सिनर्जी पावरको नाफा बढ्यो, प्रति सेयर आम्दानी १३ रुपैयाँ ८० पैसा हुँदा अन्य सूचक कस्ता ?

२ जेष्ठ २०७७, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले आर्थिक वर्ष २०७६/७७ को तेस्रो त्रैमासको वित्तीय विवरण  सार्वजनिक गरेको छ । सार्वजनिक गरेको विवरण अनुसार कम्पनीले ७ करोड २४ लाख ७३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा गत वर्षको सोहि अवधिको तुलनामा ३ करोड १ लाख रुपैयाँले बढी हो । गत वर्षको चैत मसान्तसम्ममा कम्पनीले ४ करोड २३ लाख मात्र खुद नाफा आर्जन गरेको थियो।
विद्युत बिक्रीबाट आम्दानी बढेसँगै खर्च नियन्त्रण गर्दा कम्पनीको नाफामा सुधार भएको हो । कम्पनीको विद्युत बिक्री आम्दानी २ करोड ७३ लाख २५ हजार रुपैयाँ बढेर १६ करोड ८० लाख ४५ हजार पुगेको छ। कम्पनीको सञ्चालन तथा अन्य खर्चहरु भने १ करोड ६ लाख २३ हजार रुपैयाँले घटेर ९ करोड ५५ लाख ८९ हजार रुपैयाँमा सीमित भएको छ।
कम्पनीको चुक्ता पूँजी ७० करोड रहेको छ भने जगेडा कोष ७ लाख ७७ हजार ऋणात्मक रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक १३ रुपैयाँ ८० पैसा, प्रतिशेयर नेटवर्थ ९९ रुपैयाँ ८९ पैसा र मुल्य आम्दानी अनुपात ६.६६ गुणा रहेको विवरणमा उल्लेख छ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: