×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

टिचिङ अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी !

LAXMI SUNRISE BANK

टिचिङ अस्पतालमा उपचाररत ६ वर्षीया बालिकामा कोरोना पुष्टि, अस्पताल सिल गर्ने तयारी !

१ जेष्ठ २०७७, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । उनी कपिलवस्तुबाट ६ दिन अगाडि उपचार गर्न काठमाडौं आएकी थिइन् । त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरेका छन् ।
अहिले ति बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् । उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ । त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)का निर्देशक डा. प्रेमबहादुर खड्गाले यसबारे छलफल गर्न बैठक बस्न लागेको र बैठकपछि मात्रै वास्तविकता सार्वजनिक गर्ने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी