
- अर्थ सरोकार सम्बाददाता
पोखरा । तनहुँको रिसिङ गाउँपालिकाका कोरोना संक्रमित एकजना ब्यास नगरपालिकाको क्वारेन्टाइनमा बसेको खुलेको छ । भारतबाट १० गते आएका उनलाई भानुभक्त क्याम्पसस्थित क्वारेन्टाइनमा राखिएको थियो ।
उनीसँगै १० जनाको समूह ब्यास नगरपालिका आएको स्वास्थ शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । ‘१० जनाको समूहमा आएको जानकारी पायौं । उनीहरूसहित ५४ जनाको स्वाब परीक्षणका लागि पठाएको थियो । सबै नतिजा आउनै बाँकी छ,’ सोतीले भने, ‘ट्राभल हिस्ट्री खोजी रहेका छौं । सबैले भारतबाट आएको नाम टिपाएका छन् ।’
स्याङ्जाको गल्याङका २ जनामा संक्रमितसँगै आउनेको भने खोजी भइरहेको छ । उनीहरू ११ गते कृष्णनगर नाकादेखि पाल्पा हुँदै गल्याङ छिरेका थिए । उनीहरूसँगै स्याङ्जाको चापाकोट, वालिङलगायतका गाउँपालिकाका व्यक्तिहरू पनि आएको गल्याङका प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिए ।
भारतका विभिन्न ठाउँबाट कृष्णनगर नाका आइपुगेका विभिन्न गाउँपालिकाका ब्यक्तिहरू मिलेर गाडी रिजर्भ गरेर आएका थिए । ‘उनीहरूसँगै कोको आएका थिए, खोजी गरिरहेका छौं ।
उनीहरूलाई राम्दी नाकाट गल्याङको क्वारेन्टाइनमा राखेका थियौं,’ पाण्डेले भने, ‘विभिन्न स्थानीय तहका व्यक्ति मिलेर गाडी रिजर्भ गरेर आएको जानकारी पाएका छौं ।’ गल्याङको क्वारेन्टाइनमा अहिले ९१ जना छन् । कोरोना संक्रमण देखिएका २ जनाको शुक्रबार स्वाब परीक्षणका लागि पठाइको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्